नेपाल प्रहरीले रु ६ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ, देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटी रहेका छन्।
तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने क्रममा उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले जुवाडेसहित रु ६ लाख २५ हजार नगद फेला पारेको हो। पक्राउ परेकामाथि थप अनुसन्ध भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।