मायादेवी गाउँपालिका–२, भैसकुण्डामा ६ वर्षीया बालिकाको करेन्ट लागेर ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानीय विजय पासीकी छोरी कुसुम पासी रहेको प्रहरीले जनाएको छ।
कुसुमको गाउँकै मौलाना कैयुम मुसलमानको निर्माणाधीन घरमा रहेको मोटर जडित ह्याण्डपम्पमा छुँदा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।