पार्टी एकता कसैको लहडमा भएकाे हाेइन: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता कसैको लहडमा नभएको बताएका छन्। सही नीति र नेतृत्व भएका कारण एकता सम्भव भएको उनले बताए। 

‘तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता अचानक भएको होइन,’ उनले भने,‘सही नीति र नेतृत्व भएका कारण एकता सम्भव भए हो।’ 

माओवादी र एमाले जनयुद्धदेखि नै निकट रहेको स्मरण गरे। सुखानीमा मारिएका किसान आन्दोलनका नेताहरु र माओवादी जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको सम्झनामा फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाउने गरेको बताउँदै उनले भने, ‘हामी उतिबेलै निकट थियौं।’

उनले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन्। उनले भने, ‘माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो, नगराइएको भए समाप्त हुने थियो।’

कार्यक्रममा नेकपाका उपाध्यक्ष बामदेव गौतमले माओवादी जनयुद्धमा मारिएका तत्कालीन एमालेका नेता कार्यकर्ताहरुको परिवारको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। उनले भने, ‘उनीहरुलाई भुल्नु हुँदैन, उनीहरुको परिवारको बारेमा सोच्नुपर्छ।’

प्रकाशित मिति: : 2020-02-14 00:41:23

प्रतिकृया दिनुहोस्