चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ। मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा उनको निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्।
गत माघ २२ गते गाउँपालिका कार्यालय आएका उनी अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए।
लगातार वान्ता हुन् थाले पश्च्यात उनलाई सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पुर्याइएको थियो।
विरामी अवस्थामा अस्पताल पुर्याएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्।
उनको निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा बुधबार सार्वजनिक बिदा दिइएको छ। चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।