हङ्‌कङमा आइतवार राति पनि प्रहरी र प्रदर्शनकारीबिच झडप, प्रदर्शनकारीले गरे पेट्रोल बम प्रहार

AFP

काठमाडौं । हङ्‌कङमा आइतवार राति पनि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका थिए।

समाचारहरूमा जनाइएअनुसार केही प्रदर्शनकारीले चिनियाँ जनमुक्ति सेनाको शिविर बाहिर रहेका प्रहरीमाथि ईँटा प्रहार गरेको छन्। उक्त सैन्य इलाका हङ्‌कङको संसद्‌ भवन र सरकारी कार्यलयहरूनजिकै अवस्थित रहेको छ।प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि पानीको फोहरा हान्ने एउटा ट्रकमा आगो लागेको रोएटर्सले जनाएको छ।

उनीहरूले जनगणतन्त्र चीन स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गरिएको एउटा ब्यानरमा पनि आगो लगाइदिएको रोयर्टस समाचार संस्थाले जनाएको छ।

 प्रदर्शनकारीले ब्रिटेनको कन्सुलेटबाहिर प्रदर्शन गर्दै संयुक्त अधिराज्यले चीनलाई सन् १९९७ मा हङ्‌कङ हस्तान्तरणका बेलामा प्रतिबद्धता जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए।

दोस्रो हप्ता भइरहेको प्रदर्शनमा सहभागी केहीले तारासहित रेखा भएको अमेरिकी झण्डा बोकेका थिए र उनीहरूले हङ्‌कङलाई स्वतन्त्र बनाउन सहगोग गर्न राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2019-09-16 11:17:16

प्रतिकृया दिनुहोस्