जम्मु-काश्मिरका गाउँमा सुरक्षा दललाई सैन्य तालिम

तस्बिरः एजेन्सी

नौशेरा । भारतीय सेनाले जम्मु काश्मिरको नौशेर क्षेत्रको गाउँ सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ ।स्वयमसेवकको रुपमा काम गर्नेगरी उनीहरुलाई तालिम दिइएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

“नौशेरा क्षेत्रमा हतियारको प्रयोग र गुप्तचरी कार्यका लागि सीप विकास गर्ने उद्देश्यले गाउँ सुरक्षा दल तालिम आयोजना गरिएको थियो,” भारतीय सेनाका एक अधिकारीले भने ।

सुरक्षा दलका सदस्यहरुलाई गोली प्रहार गर्न र औषधीको प्रयोगका सम्बन्धमा पनि प्रशिक्षण दिइएको ती अधिकारीले बताए । सुरक्षा दलमा स्थानीय गाउँलेहरु सहभागी भएका छन् । आफ्नै गाउँको सुरक्षा आफैँ गर्ने गरी उनीहरुलाई दलमा आबद्ध गराइएको हो ।

त्यसैगरी दुर्गम क्षेत्रमा पनि सुरक्षा अवस्था सुधार गर्नका लागि सुरक्षा दलबाट सहयोग हुने अपेक्षा गरिएको सैन्य अधिकारीहरुले बताएका छन् । आतङ्कवादी गतिविधिहरु नियन्त्रण गर्ने रणनीति अन्तर्गत नै गाउँ सुरक्षा दल गठन गरिएको र उनीहरुलाई तालिम दिइएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति: : 2019-09-15 14:47:14

प्रतिकृया दिनुहोस्