ए डिभिजन लिग: जावलाखेलसँग एपीएफ पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा १० खेलाडीमा सिमित जावलाखेलले विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको हो।

खेलको ५७ औं मिनेटमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो। गोलकिपर टेकेन्द्र थापाले रातो कार्ड पाएपछि जावलाखेलले १० खेलाडीमा रहेर खेलेको थियो।

जावलाखेका लागि ७१ औं  मिनेटमा विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे। 

खेलमा जावलाखेलका फोडे म्यान अफ दि म्याच चुनिए।

जितसँगै जावलाखेल लिगको पाँचौं स्थानमा उक्लिएको छ। जावलाखेलले ८ खेलमा १२ अंक जोडेको छ।

पराजित एपीएफ ८ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-24 06:32:05

प्रतिकृया दिनुहोस्