सरकार समर्थक एघार नागरिक मारिए

agency


अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनाको हत्या गरेको छ।

नागरिक सेनाका प्रान्तीय प्रहरी प्रवक्ताका अनुसार याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी ती नागरिक सेनाका सदस्यहरु मारिएका हुन्।

यस झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौ लडाकू मारिनुको साथै घाइते भएका बताइएको छ।

तर मारिएका वा घाइते भएका लडाकू यकिन सङ्ख्या भने पुष्टि नभएको संचारमाध्यामले जनाएका छन्।

प्रकाशित मिति: : 2019-09-03 15:50:30

प्रतिकृया दिनुहोस्