कश्मिरमा पाकिस्तानले मारी दियो- दुई गोर्खा सेना

कश्मिर तनावमा ज्यान गुमाउने गोर्खा सैनिक : देहरादुनका लेसनायक सन्दीप थापा र जलपाइगुडीका नायक राजीव थापा । तस्बिर : गोर्खा बिग्रेड

भारतले कश्मिरलाई विशेष अधिकार दिने धारा ३७० खारेज गरेपछि सिर्जना भएको तनावमा दुईजना गोर्खा सैनिकले ज्यान गुमाएका छन् । 

ज्यान गुमाउने गोर्खा सैनिकमा देहरादूनका लेस नायक सन्दीप थापा र जलपाइगुडीका नायक राजीव थापा रहेका छन्।

भारत-पाकिस्तान सीमा क्षेत्रको नियन्त्रणरेखा आसपासमा दोहोरो गोली हानाहान हुँदा उनीहरूको ज्यान गएको हो । 

भारतीय सेनाको नर्दन कमान्डले जनाएअनुसार लेस नायक सन्दीपको अगस्ट १७ मा र नायक राजीवको अगस्ट २३ मा पाकिस्तानी सेनाको गोली लागेर निधन भएको हो ।

उनीहरू दुवै जना नेपालीभाषी भारतीय नागरिक रहेको बताइएको छ । गोर्खा राइफल्समा रहेका उनीहरूलाई जम्मू-कश्मीरको रजौँरी जिल्लास्थित नौवसेरा सेक्टरमा खटाइएको थियो । 

उनीहरूले काम गरेको गोर्खा राइफल्समा अहिले ५० हजार गोर्खा सेना रहेको बताइएको छ । त्यसमा ३० हजार नेपाली नागरिक र २० हजार नेपालीभाषी भारतीय नागरिक रहेका छन् ।

 

प्रकाशित मिति: : 2019-08-29 06:47:35

प्रतिकृया दिनुहोस्