‘चिकेन होलिडे’ लगत्तै कुखुराको मासु र अण्डाको मूल्यवृद्धि

‘चिकेन होलिडे’का नाममा कुखुराका चल्ला र अण्डा नष्ट गर्ने अभियान  चलाएसँगै मासुमा मूल्यवृद्धि भएको छ। अभियान लगतै एक साताको अवधिमा मासुमा दोस्रोपटक मूल्यवृद्धि भएको हो।

नेपाल ह्याचरी उद्योग संघले कुखुराको ठूलो अण्डाको मूल्य मंगलवारबाट लागू हुने गरी प्रतिक्रेट २९० रुपैयाँ तोकेको छ। यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य २७५ रुपैयाँ थियो। यस्तै मध्यम खाले अण्डाको मूल्य २५५ रुपैयाँबाट २० रुपैयाँले बढाएर २७५ रुपैयाँ पुर्‍याईएको छ।

एक साताअघि संघले प्रतिकिलो २५० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २० रुपैयाँ बढाएर संघले २७० रुपैयाँ तोकेको थियो। बुधबार संघले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाएर मासुको मूल्य प्रतिकिलो २८५ रुपैयाँ तोकेको सघका अध्यक्ष जंगबहादुर बिसीले बताए।

अध्यक्ष बिसीका अनुसार संघले तोकेको मूल्यमा १० रुपैयाँ थपिएर उपभोक्तासम्म पुग्छ। काठमाडौंमा बुधबा देखि कुखुराको मासुको उपभोक्ता मूल्य २९५ रुपैयाँदेखि तीन सय रुपैयाँसम्म पुगेको छ।


 

प्रकाशित मिति: : 2019-12-27 06:34:22

प्रतिकृया दिनुहोस्