भारतको जम्मु–कश्मिरमा आपतकाल : मुख्यमन्त्री लगायतका नेताहरु घरमै नजरबन्द

हाइ-अलर्टमा एक प्रहरी । तस्बिर : पीटीआई ।

भारतको जम्मु कश्मिर राज्यमा धारा ११४ लगाउँदै आपतकाल लगाइएको छ ।

अमरनाथ जाने यात्रुहरूमाथि हुने सम्भावित आक्रमणलाई ध्यानमा राखेर आपतकाल लगाइएको बताइएको छ । 

राजधानी श्रीनगरमा सबै प्रकारका सार्वजनिक गतिविधिमाथि प्रतिवन्ध लगाइएको छ । राज्यका ठूला नेताहरूलाई घरमै नजरबन्द राखिएको छ । यसरी नजरबन्दमा पर्नेहरूमा पूर्वमुख्यमन्त्री उमार अब्दुल्लाह र मेहबुवा मुफ्ति आदि रहेका छन् । सञ्चारसाधनहरू मोवाइल, इन्टरनेट पनि बन्द गरिएका छन् ।

राज्यको शान्ति सुरक्षा बहाल राख्नका लागि धारा १४४ लागू गरिए पनि जम्मु कश्मिरमा कर्फ्यु नलगाइएको सरकारले बताएको छ । सरकारले राज्यको अवस्थालाई हाइ-अलर्ट भनेको छ । 

सरकारले सबै पर्यटकहरूलाई जम्मु कश्मिर छोड्न आदेश दिएको छ । 

 

प्रकाशित मिति: : 2019-08-05 05:39:55

प्रतिकृया दिनुहोस्