नेपालका कानूनमन्त्री ढकालले भने- 'एनआरएनको संस्थागत सम्पति तलमाथि हुदैन'

नेपालका कानूनमनन्त्री भानुभक्त ढकालले अष्ट्रेलिया पुगेर ललिता निबास प्रकरणमा सरकारले रोक्का राखेको एनआरएनको संस्थागत सम्पति तलमाथि नहुने बताएका छन्। उनले सिड्नीमा आयोजित एनआरएन ओसिनिया क्षेत्रको तेस्रो क्षेत्रीय बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै यस्तो आश्वासन दिएका हुन्। 

यो आश्वासनबाट एनआरएनको जग्गा तथा भवन खरिदमा निर्णायक भूमिका रहेका तत्कालिन एनआरएन आईसीसीका अध्यक्ष शेष घलेलाई ठुलो राहत मिलेको छ।उनले आफ्नो सम्बोधनका क्रममा सिधा किसिमले यस प्रकरणमा मुख नखोले पनि सांकेतिक रूपमा राहत महसुस गरेको अभिव्यति थिए।उनको भनाइ थियो- 'व्यक्तिगत रूमा कहिलकाँही कसैले केही गुमाउन सके पनि संस्थागत रूपमा त्यस्तो हुदैन।माननीय कानुनमन्त्रीज्यूले नै त्यस बारेमा सरकारको धारणा राखेर ढुक्क हुने वातावरण बनाइ दिनु भएको छ।त्यसका हामी सबै एनआरएनहरूको तर्फबाट माननीय मन्त्रीज्यू र उहाँमार्फत नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु।'

एनआरएन ओसिनिया क्षेत्रको तेस्रो क्षेत्रीय बैठकको कार्यक्रम दुई दिन तय गरिएको थियो। पहिलो दिन उद्द्दाटन शत्र, कार्यपत्र प्रस्तुति र छलफललगायतका कार्यक्रम सम्पन्न भएका छन् भने दोस्रो दिन समापन समारोह र पत्रकार सम्मेलन आयोजना हुदैछन्।

बैठकमा ओसिनियाका क्षेत्रका एनआरएनलगायत संसारभरका अगुवा एनआरएनको उत्साहजनक सहभागिता रहेको छ। बैठक संसारकै सबैभन्दा ठूलो एनआरएन राष्ट्रिय संयोजन समिति रहेको अस्ट्रेलियाको चुनावको पूर्वसन्ध्यामा आयोजना गरिएको छ।

 

 

प्रकाशित मिति: : 2019-05-12 05:08:37

प्रतिकृया दिनुहोस्