अस्ट्रेलियन प्रधानमन्त्रीको टाउकोमा एक युवतीद्वारा अण्डा प्रहार

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा एक २५ वर्षीय युवतीले अण्डा प्रहार गरेकी छिन्। न्यु साउथ वेल्सको अबलरीमा चुनावी प्रचार गरिरहेका मरिसन टाउकोमा अण्डाले हानिएको हो। प्रत्यक्षदर्शीहरुका अनुसार उनी त्यतिबेला स्थानीय महिलासँग मत मागिरहेका थिए।

मरिसनलाई प्रहार गरिएको अण्डा नफुटी भुईंमा उछिट्टिएको थियो।

अण्डा प्रहार गर्ने युवतीलाई प्रधानमन्त्रीको सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ।

युवतीले मानुस द्वीपका शरणार्थीबारे सरकारी नीतिको विरोधमा आफूले मरिसनमाथि अण्डा प्रहार गरेको बताएकी छिन्। उता, प्रधानमन्त्री मरिसनले भने घटनालाई ‘कायर’ कदम भनेका छन्। 

अस्ट्रेलियामा आगामी मे १८ मा संसदीय चुनाव भैरहेको छ। चुनावी प्रचारप्रसारका क्रममा प्रधानमन्त्री मरिसनले शरणार्थी र आप्रवासीप्रति कडा रबैया अपनाउँने धारणा राख्दै आएका छन्। 

 

 

 

 
प्रकाशित मिति: : 2019-05-08 04:14:56

प्रतिकृया दिनुहोस्