कंगारूको देश अस्ट्रेलियामा 'गोल्डस्टार'

अस्ट्रेलियामा गोल्डस्टार स्टोरको उद्घाटन गर्दै युवा राजनीतिश प्रमेज श्रेष्ठ । तस्बिर : सुरेश फोटोग्राफी

सिड्नी, अस्ट्रेलिया ।
लोकप्रिय जुत्ता गोल्डस्टार सगरमाथाको देश नेपालबाट कंगारूको देश अस्ट्रेलियामा आइपुगेको छ । यसलाई अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नीमा ल्याइपुर्याउने काम श्रीगणेश ग्रुपले गरेको हो । 

शनिबार सिड्नीको रक्ड़ेलमा खोलेको पहिलो स्टोरको अस्ट्रेलियाका नेपाली युवा राजनीतिज्ञ प्रमेज श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमेज श्रेष्ठ, एनआरएन अग्रज अभियन्ता इन्द्रा वन र स्थानीय अग्रज नेपाली नारायण श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्दु गुरूङ, सचिव देव गुरूङलगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले नेपाली उत्पादन उपयोग गरी नेपालसँग जोडिन सबैलाई आग्रह गरेका थिए । 

स्टोर उद्घाटनको अवसरमा स्थानीय नेपाली डायस्पोराका नेपालीहरू शुभकामना दिन तथा सगुनका रूपमा खरिदारी गरिदिन पुगेका थिए । उद्घाटन समारोहमा सहभागी सबैलाई श्रीगणेश ग्रुपका प्रदीप साह सुढीले धन्यवाद दिएका थिए । 

प्रदीप साह सुढी, रइसराज सत्याल सत्याल र रोशन कायस्थ श्रीगणेश ग्रुपले एक वर्षको अनवरत प्रयासपछि गोल्डस्टार अस्ट्रेलियामा ल्याउन सकेको बताएको छ । नेपाली उत्पादन तथा स्थापित ब्रान्डलाई अस्ट्रेलियामा स्थापित गर्दै अन्तरास्ट्रियकरण गर्ने , नेपालको निर्यात ब्यापारलाइ सानै भएपनि योगदान गर्ने, अस्ट्रेलियाको नेपाली समाजसंग हातेमालो गर्ने र मुख्यत: नेपाललाई नबिर्सने अनि नेपाली उद्योगलाई अन्तरास्ट्रिय बजारबाट उदाहरणसहित टेवा पुर्याउने लक्ष्य राखेर गोल्डस्टारलाई अस्ट्रेलियामा ल्याएको ग्रुपले बताएको छ । 

नेपालमा करिब तीन हजार जनशक्तिले प्रतिदिन ७५ हजार जोर गोल्डस्टार जुत्ताको उत्पादन गर्ने बताउँदै अहिले त्यसको एक तिहाइ जुत्ता अस्ट्रेलिया ल्याएको बताउँदै यसबाट नेपालको एक हजार जनशक्तिले एक दिनको रोजगारी पाएको बताउँदै यसलाई कायम राख्न अस्टरेलियामा रहेका सबै नेपाली गोल्डस्टार राजदूत हुन आग्रह पनि श्रीगणेश ग्रुपले गरेको छ ।

अहिले स्टोरमा महिला, पुरुष र बालबालिकाका लागि २९.९९ अस्ट्रेलियन डलर देखि ५९.९९ अस्ट्रेलियन डलरसम्मका बिभिन्न साइज र स्टाइलका जुत्ता रहेको बताउँदै निकट भविष्यमै खेलाडीलाई लक्षित गरी स्पोर्ट्स सुज आयात गरिने योजना रहेको बताइएको छ ।

श्रीगणेश ग्रुपले भिजिट नेपाल २०२० लाई प्रबर्दन गर्न ‘हाइकिंग नेपाल अभियान’ सञ्चालन गर्ने बताउँदै निकट भविष्यमै अस्ट्रेलियाका विभिन्न सहरका सुपरमार्केटमा पनि गोल्डस्टारलाई पुर्याउने बताएको छ । 

 

प्रकाशित मिति: : 2019-07-15 22:55:35

प्रतिकृया दिनुहोस्