होन्डुरसमा विमान दुर्घटना, ४ अमेरिकी र १ क्यानेडेलीको निधन

Agency

होन्डुरसमा एक प्राइभेट विमान दुर्घटनामा ५ जनाको निधन भएको छ। विदेशी समाचार एजेन्सी एएफपीका अनुसार शनिवार होन्डुरन द्धीप नजिकै विमान–रोआत दुर्घटनाग्रस्त भएको थियो। 

सानो आकारको विमान समुन्द्रमा खसेको स्थानीय अधिकारीले एएफपीलाई जानकारी दिएका छन्।

दुर्घटनामा ४ क्यानेडेली र १ अमेरिकी पाइलटको निधन भएको बताइएको छ। यी सबै छुट्टी मनाउन हिडेका थिए।

हन्डुरन द्धीपको हवाई अड्डाबाट उडेको केही मिनेटमै विमान डिक्सन कोव शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो।

मृतकको पहिचान भइसकेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा ४ जना अमेरिकी नागरिक ब्रेडली पोस्ट, बेली सोनी, टोमी डब्लर र पाइलट प्याट्रिक फोर्सेथ थिए। क्यानडाका पाइलट एन्थोनी डब्लर भने बाच्न सफल भएका थिए। तर उनलाई गम्भीर चोट लागेको थियो। अस्पतालमा उपचारको क्रममा उनको पनि निधन भएको बताइएको छ। 

प्रकाशित मिति: : 2019-05-19 17:35:41

प्रतिकृया दिनुहोस्