१४ वर्षपछि काठमाडौं उपत्यकामा पुनः मोटरसाईकल पछाडि बस्नेले हेल्मेट लगाउनु पर्ने

BL
दुईपांग्रे सवारी साधन मोटरसाईकलको पछाडि बस्नेले अब काठमाडौं उपत्यकामा पुनः हेल्मेट लगाउनु पर्नेछ।
 
उपत्यकाभित्र सडक दुर्घटना बढ्न थालेपछि प्रहरीले वर्षपछि पुनः यो नियम लागु गर्न लागेको हो।
 
२०६२–६३ सम्म काठमाडौंमा मोटरसाईकल पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम थियो।
 
तर द्धन्द्धकाल लम्बिएपछि यो नियम हटाइएको थियो। दुर्घटना बढ्न थालेपछि पुनः यो नियम लागु गर्नुपर्ने आवश्यकता खड्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्त भन्छन्।
हेल्मेट लगाउनु पर्ने मिति चाडै नै तय गरिने उनले बताए।
 
उनले गत वर्ष मात्र उपत्यकामा २ सय ११ जनाको सडक दुर्घटनामा निधन भएको र यसमा ९० जना व्यक्ति मोटरसाइकल पछाडि बस्ने रहेको जानकारी दिए।
एसएसपी पन्तले आईतबार पत्रकार सम्मेलन गर्दै भने–हेल्मेट मात्र लगाउने हैन। सरोकारवाला संग समवन्य गरी गुणस्तरीय हेल्मेट प्रयोग गर्न लगाउछौं। यसमा सडक विभाग र गुणस्तरीय नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पार्नेछ।
 
महाशाखाका अनुसार २०७५ साउनदेखी वैशाखसम्म ९ हजार ९ सय ८२ सवारी दुर्घटना उपत्यकामा भएको थियो। जसमा २ सय ११ जनाले ज्यान गुमाउनुका साथै २ सय ५१ जना घाईते भएका थिए।
प्रकाशित मिति: : 2019-05-19 17:08:36

प्रतिकृया दिनुहोस्