कोलोराडोमा 'बम्ब चक्रपात' को कहर

तस्वीर : डेली विष्ट

अमेरिकाको कोलोराडोमा बुधबार आएको बम्ब चक्रवातका कारण जनजीवन अत्यन्तै कष्टकर भएको छ।

प्रतिघण्टा ५० माइलभन्दा तीब्र गतिमा हावा चल्दा मानिसको दैनिकी असामान्य बनेको छ।

राजधानी डेनभरस्थित विमानस्थल बन्द हुँदा कम्तीमा तीन हजार एक सय उडानहरू रद्द भएका छन्। हजारौं गाडीहरू सडकमा फसेका छन्। कम्तीमा पनि दुई लाख घरमा विद्युत आपूर्तिमा अवरोध आएको छ। स्कुल र कलेजहरू बन्द गरिएका छन्।

कोलोराडोको डेनभरलगायतका कतिपय स्थानमा ९ इन्चसम्मको हिमपात भएको छ। तीब्र गतिको हावा र भूमरीका कारण खतरनाक अवस्था सिर्जना भएको छ।

बाक्लो हुस्सुका कारण सयौं गाडीहरू दुर्घटनामा परे पनि मानिसहरू हताहत भएको अप्रिय खबर भने बाहिरिएको छैन।

प्रकाशित मिति: : 2019-03-14 20:27:03

प्रतिकृया दिनुहोस्