एउटा आलूको मूल्य १२ करोड रुपैयाँ !

AGENCY

एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन्। केबिन एबोसले आफुले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि पनि गरेका छन्।

यो फोटो २०१० मा खिचिएको थियो। यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ। यो आलूको प्रिन्टको तीन भर्सन रहेको छ।यसको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ।

अर्को उनले सर्भियाको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन्। कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबोशले बताए।

व्यापारीसँग आफुले दुई ग्लास वाइन पिएको पनि उनले बताए। वाइन पिउदाको समयमै व्यापारीले आफ्नो पेन्टिङ मन पराएको बताए।

प्रकाशित मिति: : 2019-02-20 01:01:16

प्रतिकृया दिनुहोस्