उत्तर कोरियामा मृत्युदण्ड दिइएका ३ सय १८ स्थानको पहिचान

तस्बिरः एजेन्सी

दक्षिण कोरियाको एक गैरसरकारी संस्थाले उत्तर कोरियाली सरकारले सार्वजनिक रुपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३ सय १८ वटा स्थानको पहिचान भएको जनाएको छ।

ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले चार वर्षको अवधिमा ६ सय १० जना उत्तर कोरियालीहरुसँग भगौडाहरुसँग अन्तरवार्ता लिएर तयार पारेको प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्यु दण्ड दिइएका स्थान पहिचान गरेको जनाएको हो।

प्रतिवेदनमा गाई चोरी गरेको देखि दक्षिण कोरियाली टेलिभिजन हेरेको सम्मको आरोपमा उत्तर कोरिया सरकारले मृत्युदण्ड दिएको उल्लेख छ।

समूहले नदी किनार, खेत, विद्यालय र खेलकुद मैदानमा सार्वजनिक रुपमै मानिसहरुलाई मृत्युदण्ड दिइएको दाबी गरेको छ। ‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हेर्न एक हजारभन्दा बढी सर्वसाधारण जम्मा हुने गरेको उल्लेख छ ।

प्रकाशित मिति: : 2019-06-12 12:04:32

प्रतिकृया दिनुहोस्