कराते टोली मलेसिया र बंगलादेश जाँदै

बिएल

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ । २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जाने छ ।

त्यसपछि टोली पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप खेल्न नोभेम्बर ५ मा बंगालादेशको ढाका पुग्ने  छ । प्रतियोगिता नोभेम्बर ७ देखि ९ तारिखसम्म हुने छ । टोली नोभेम्बर १० तारिखमा नेपाल फर्कने कार्यक्रम छ ।

पुरुष खेलाडीमा मन्डेकाजी श्रेष्ठ, महसुश तामाङ, प्रवीण मानन्धर, सोनाम लामा, लक्ष्मण तामाङ, राजीव पुडासैनी, राजकुमार रसाइली, नवीन रसाइली, अर्जुन चन्द, गंगाराम कुशुवार, मुकुन्द्र महर्जन, दिवस श्रेष्ठ, सुशील पौडेल, विप्लवलाल श्रेष्ठ र लेखनाथ मैनाली रहेका छन् । महिलामा निर्मला तामाङ, सरु कार्की, संगीता मगर, चन्चला दनुवार, कुसुम खड्का, अनु अधिकारी, मनीषा चौधरी, सुस्मिता वाइबा, अनु गुरुङ, एस्टर राई, सुनिता महर्जन, सनी तामाङ, अनुपमा मगर र रिता कार्की छन् । खेलाडीले व्यक्तिगत र टिम कुमुते तथा कातामा प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा गंगाराम महर्जन र राजेश श्रेष्ठ तथा व्यवस्थापकमा मिङमार शेर्पा र राजेन्द्र बराल छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित मिति: : 2019-10-27 14:24:54

प्रतिकृया दिनुहोस्