नेपाल ५–० ले अस्ट्रेलियासँग पराजित

Agency

विश्व कप छनाेटअर्न्तगत हालै सम्पन्न खेलमा अस्ट्रेलियाले ५–० गाेलले नेपाललाई पराजित गरेकाे छ। अस्ट्रेलियाकाे क्यानबेरा मैदानमा भएकाे खेलमा नेपालले पहिलाे हाफमै ३ गाेल खाएकाे थियाे। नेपाली दर्शककाे बाँक्लाे उपस्थितिमा अस्ट्रेलियाले दाेस्राे हाफपछि थप दुई गाेल गर्याे। 

बुधबार भएकाे खेलमा नेपालले कुवेतभन्दा कम गाेल खाएकाे हाे। यसअघि छनाेटकै खेलमा नेपाल ७–० ले कुवेतसँग पराजित भएकाे थियाे। अस्ट्रेलियाकाे जितमा जेमी म्याकलारेन र ह्यारी सुटर नायक सावित भए। जेमीले ६,१९, ९० मिनेटमा गाेल गर्दै ह्याट्रिक पुरा गरे। सुटरले २३ र ५९ मिनेटमा गाेल गरे। 

प्रकाशित मिति: : 2019-10-10 16:36:52

प्रतिकृया दिनुहोस्