बङ्गलादेशमा अर्को भीषण आगलागी

REUTERS

बङ्गलादेशमा भएका भीषण आगलागीका घटनाहरुको श्रृङ्खला अन्तर्गत राजधानी ढाकामा बुधबार राति पनि अर्को आगलागीको घटना भएको छ। सो आगलागीमा परी कम्तीमा पनि ७० जनाको ज्यान गएको छ।  बङ्गलादेशमा आगलागी, भवनहरु भत्किने जस्ता घटनाहरु बेला बेलामा भइरहेको पाइन्छ। यसअघि सन् २०१३ को अप्रिलमा ढाकाको राना प्लाजाको नौ तले भवनमा भएको आगलगीमा परी एक हजार १सय ३० जनाको मृत्यु भएको थियो।

कारखानामा भएको सो घटना भयानक आगलागीको घटनाकोरूपमा रहेको छ। यस आगलागीमा परी करिब २ हजार व्यक्ति घाइते भएका थिए।सन् २०१६ मा बङ्गलादेशको एक अदालतले राना प्लाजाका संस्थापकसहित ३८ व्यक्तिलाई हत्याको आरोप लगाएको थियो।

यसैगरी सन् २०१० को जुनमा भएको भीषण आगलागीमा परी कम्तीमा १ सय १७ व्यक्तिको मृत्यु भएको थियो। सो आगलागी ढाकाको बाक्लो जनघनत्व रहेको इलाकामा भएको थियो। बिहीबार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन्। उनीहरूलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ।

ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट भएको थियो। त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको बताइएको छ। राजधानी ढाकाको पुरानो वस्तीतिरको क्षेत्र भएकोले घरहरु जोडिएर रहेका र जसका कारण एकपछि अर्काे घरमा आगो फैलिएको थियो।

यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घरमा क्षति भएको हो। कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ।

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन्। उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले उक्त घरसँगै रहेको अर्काे घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए।

उनले भने बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो। आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो। आगो नियन्त्रणमा लिन मध्यराति सम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो।

उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन्। आगोको मुस्लो बढ्दै जाँदा अर्काे घरमा सल्किन पुगेको थियो। सो आगलागनी नियन्त्रणका लागि ३७ ओटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए।

अग्नि नियन्त्रकहरुले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ।ढाका प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ। उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ।

हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ।

प्रकाशित मिति: : 2019-02-21 23:30:43

प्रतिकृया दिनुहोस्