राहुल गान्धी कहाँको नागरिक भन्ने प्रश्न नै हैन !

भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीको नागरिकता सम्बन्धी प्रश्न सोध्नुको औचित्य नै नभएको ठहर त्यहाँको सर्वोच्च अदालतले गरेको छ।

राहुलसँग भारतीय नागरिकता नभएको दाबी गर्दै लोकसभा चुनावी प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइनुपर्ने माग राख्दै दिइएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि यस्तो परिस्थिति सिर्जना भएको हो।

दिल्ली निवासी जय भगवान् गोयल र सिपित्यागीले दायर गरेका रिट प्रधानन्यायाधीश रञ्जन गोगई, न्यायाधीशद्वय दीपक गुप्ता र सञ्जीव खन्नाको संयुक्त इजलासले खारेज गरेको हो। 

रिटमा राहुल सञ्चालक रहेको एउटा बेलायती कम्पनीको सन् २००५/०६ को वाषिर्क प्रतिवेदनमा उनी बेलायती नागरिक भएको उल्लेख भएको हुँदा निर्वाचन प्रक्रियामा सहभागी हुन रोक लगाउन माग गरिएको थियो । 

तर, सर्वोच्चले आफ्नो कुनै कम्पनीले आफ्नो वाषिर्क प्रतिवेदनले बेलायती भनेको आधारमा नागरिकता लिएको भन्न नमिल्ने प्रश्न गर्दै रिट खारेजको फैसला गरिदियो।

यो फैसलासँगै राहुलको बेलायती नागरिकतासम्बद्ध विवाद तत्कालका लागि अन्त्य भएको छ।

प्रकाशित मिति: : 2019-05-10 05:35:53

प्रतिकृया दिनुहोस्