भारतीय चुनावमा किन भोट हाल्न पाएनन् अक्षय र आलियाले ?

फाेटाे: गुगल

भारतको चौथो चरणको निर्वाचनअन्तर्गत सोमबार मायानगरी भनेर चिनिने मुम्बईमा बलिउड स्टारहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

मुम्बईको विभिन्न स्थानबाट बलिउडका बादशाह अमिताभ बच्चनदेखि ‘किङ खान’ शाहरुखले पनि आफ्नो मताधिकार प्रयोग गरे। मतदान गर्नेको भीडमा आमिर खान, सलमान खानदेखि बलिउडका अन्य स्टारहरूको घुँइचो थियो। तर, भारतमै भएर पनि बलिउडका ६ स्टारले मताधिकार प्रयोग गर्न पाएनन्।

उनीहरू सुटिङमा व्यस्त भएर मताधिकार गर्न नपाएका होइनन्। यसको अर्के कारण खुलेको छ। यी स्टार कलाकारमा सबैभन्दा अगाडि अक्षय कुमार छन्। पछिल्लो समय १ सय करोडको क्लबमा आफ्नो फिल्मलाई समावेश गराउँदै आएका अक्षयसँग क्यानडाको नागरिकता छ र उनी क्यानडाकै पासपोर्ट बोकेर हिड्ने गर्छन्।

उनलाई क्यानडा सरकारले केही समयअगाडि सम्मानस्वरुप नागरिकता प्रदान गरेको थियो। उनलाई क्यानडाको ‘युनिभर्सिटी अफ विन्डसर’ ले मानार्थ ‘डक्ट्रेड’ को डिग्री पनि प्रदान गरेको छ। क्यानडाको मानार्थ नागरिकता लिएका कारण भोटिङ लिस्टबाट उनको नाम हटाइएको थियो। मतदान गर्न नपाउने अर्को स्टार कलाकारको पंक्तिमा आलिया भट्ट पनि छिन। आलियासँग भारतको नागरिकता छैन्।

आलियाकी आमा सोनी राजदान बर्मिघमकी स्थायी बासिन्दा हुन् र उनीसँग बेलायती नागरिकता छ। यसै कारण आलियासँग पनि बेलायती पासपोर्ट छ। यस्तै, क्याटरिना कैफसँग पनि बेलायती नागरिकता छ। त्यसैले उनले पनि मताधिकारको उपयोग गर्न पाइनन्। बलिउडमा धुम मच्चाईरहेकी अर्की कलाकार ज्याकलिन फर्नान्डिसको जन्म मनामा बहराइन मा भएको थियो। उनीसँग श्रीलंकाली नागरिकता छ। ज्याकलिनका बुवा एलरोय फर्नान्डिस श्रीलंकाली तमिल हुन्, आमा किम भने मलेसियन।

बलिउडमा ‘रकस्टार’ बाट नाम कमाएकी अभिनेत्री नरगिस फाखरीको जन्म पनि अमेरिकाको न्युयोर्कमा भएको थियो। उनीसँग अमेरिकी पासपोर्ट र नागरिकता छ। त्यसैले उनले पनि भारतीय निर्वाचनमा मतदान गर्न पाइनन्। मतदान गर्न नपाउने अर्का बलिउड कलाकार इमरान खान हुन्। इमरान अमेरिकाको मेडिसन शहरमा जन्मिएका हुन्। उनीसँग पनि अमेरिकी नागरिकता र पासपोर्ट छ।

प्रकाशित मिति: : 2019-04-30 07:44:34

प्रतिकृया दिनुहोस्