स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल

सन् १९७० तिर आकाशबाट देखिएको सोल्टी होटल र वरिपरिको तत्कालीन ताहाचल। यो तस्बिर त्यतिबेला काठमाडौंमा छायांकन गरिएको देव आनन्दको फिल्म 'हरे राम हरे कृष्ण' बाट लिइएको हो।

हिजोअस्तिको काठमाडौं

ताहाचलको घर मेरा बाले म जन्मिएपछि किन्नुभएको हो।

मेरा बा पाटनबाट ताहाचल आउँदा सुरूमा डेरा बस्नुभएको थियो। मेरो जन्म त्यही डेरामा भयो। दाइ र दिदी दुवै वीर अस्पतालमा जन्मेका हुन्। सायद त्यस बेलाका नामुद स्त्री तथा प्रसूति विशेषज्ञ डा. सावित्री गुरुङको निगरानीमा। म भने घरमै जन्मेँ।

बिहान गर्भवती श्रीमती छाडेर गएका मेरा बाले दिउँसो खाना खान आउँदा सुत्केरी श्रीमती भेट्नुभयो। खबर गर्ने उपाय थिएन। मोबाइल त जेम्स बोन्डको फिल्ममा समेत देखिएको थिएन। फोन पनि दुर्लभ।

म जन्मेको घरको नाम थियो – मेरो महल।

टंकेश्वरको विष्णुमती पुलबाट पश्चिम लागेपछि छाउनी–ताहाचल छुट्टिने मोड आउँछ। त्यो मोडबाट पाँच सय मिटर ताहाचलतर्फ बढेपछि 'टुरिस्ट क्याम्प' भन्ने लज थियो। त्यसको अगाडि बल्ने ग्यास मिसिएको पानीको फोहोरा थियो। त्यहाँबाट पश्चिम लागेपछि सडकको दक्षिणतिर वासुदेव लुइँटेलको ‘मेरो महल’ आउँथ्यो।

प्रकाशित मिति: : 2019-05-19 09:24:50

प्रतिकृया दिनुहोस्