राष्ट्रपति भण्डारी अप्रिल २४ मा बेइजिङ प्रस्थान गर्दै, भ्रमण राजकीय बनाउन प्रयत्न जारी

फाइल फोटो।

राष्ट्रपति विद्यादेवी भण्डारी अप्रिल २४ मा चीनको पाँचदिने भ्रमणमा बेइजिङतिर प्रस्थान गर्ने भएकी छिन्। उनी अप्रिल २६ र २७ मा बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरममा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन्।

राष्ट्रपति भण्डारीले सम्मेलनलाई विशेष सम्बोधन गर्नुका साथै चिनियाँ समकक्षीसँग वान अन वान र द्वीपक्षीय भेटवार्ता गर्ने बताइएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी जिङपिङलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तोसमेत बताइएको छ। यसअघि नेपालका प्रधानमन्त्रीहरूले पटक पटक निम्तो गर्दा पनि चिनियाँ राष्ट्रपति सीले नेपालको भ्रमण गरेका छैनन्।

अलंकारिक राष्ट्रपति भए पनि देशलाई प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा जान मन पराउने राष्ट्रपतिको चीनको यो पहिलो भ्रमण हो।

यसअघि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले बोआओ फोरम र सांघाइ कोअप्रेसनको सम्मेलनमा सहभागी हुने क्रममा दुईपटक चीनको भ्रमण गरेका थिए। तर, ती दुबै भ्रमण राजकीय थिएनन्। यसपटक भने भ्रमणलाई राजकीय बनाउँन परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको बताइएको छ।

सम्मेलनमा कम्तिमा ४० देशका सरकार तथा राष्ट्र प्रमुखसहित १०० देशका प्रतिनिधिको सहभागिता रहने बताइएको छ। 

प्रकाशित मिति: : 2019-04-15 08:10:02

प्रतिकृया दिनुहोस्