महतको आरोप: नेकपा सरकारले भोट दिएको आधारमा सेवा सुविधामा विभेद गर्‍यो

बिएल

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सरकारले जनताका दैनिक आवस्यकताहरुलाई बेवास्ता गर्दै रेल र पानी जहाजको सपना बाडेको बताएका छन्।

सोमबार नुवाकोटमा श्री कालिकादेवि क्षेत्र बिकाश समितिको छैठौं वार्षिक साधारणसभा उद्घाटन तथा कालिका मन्दीरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारले भोट दिएको थियो या थिएन भन्ने आधारमा सरकारले दिने सेवा सुविधामा भेदभाव गरेको आरोप पनि लगाए।

मत नदिएकोहरुलाई बाटो नबनाईदिने,खानेपानी बाट बन्चित गराउने र विद्युत पनि नदिने मान्यता वर्तमान सरकारले राखेको कांग्रेसमहतले आरोप लगाए। बिगतमा कांग्रेस सरकारमा हुँदा भोटको आधारमा सेवा सुबिधामा कहिल्यै विभेद नगरे पनि उनले जिकिर गरे।

प्रकाशित मिति: : 2019-11-18 17:21:00

प्रतिकृया दिनुहोस्