बंगलादेशसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियाे

फाइल तस्बिर

एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसँग पराजित भएको छ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ८ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।

बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए ।

नेपालका सुशन भारी र करण केसीले १/१ विकेट लिए ।

यसअघि नेपालका लागि सोमपाल कामीले ६३ बलमा ४ चौका प्रहार गरेर ६३ बलमा सर्वाधिक ३८ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २२,करण केसी १८, कुशाल भुर्तेल १०, आरिफ शेख ११,र पवन शराफले ९ रन बनाए।

बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३/३ विकेट हात पारे।

यस्तै तन्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।

अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नै पर्ने दबाब छ।

ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो।

यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको थियो।

बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति: : 2019-11-18 14:08:29

प्रतिकृया दिनुहोस्