ज्लाटनले छाडे ग्यालेक्सी, एसी मिलान लिन इच्छुक

तस्बिरः एजेन्सी

ज्लाटन ईब्राहिमोविचले मेजर लिग सकर क्लब एलए ग्यालेक्सी छाड्ने घोषणा गरेका छन्।

ज्लाटनले दुई सफल सिजन पश्चात एलए ग्यालेक्सी छाड्न चाहेको बताएका हुन्।स्विडेनका अन्तराष्ट्रिय स्टार तथा पूर्व फरवार्ड ३८ बर्षका ज्लाटनले दुई सिजनमा ५३ खेलमा ५२ गोल गर्न सफल रहे।

उनी सन् २०१८ को मार्चमा एलए ग्यालेक्सी आएका थिए। उनको सम्झौता यसै बर्षको अन्त्यमा सकिदै थियो।उनलाई ग्यालेक्सीले अझै दुई बर्ष सम्झौता नविकरणका लागि आग्रह गर्दै आएका थियो।तर ईटालियन क्लब एसी मिलान ज्लाटनलाई लिन निकै ईच्छुक देखिएको छ।

ज्लाटन ईटालियन सिरि ए क्लब एसी मिलानसंग पछिल्लो समय जोडिएका छन्। उनले सन् २०१० बाट २०१२ सम्म सो क्लबबाट खेलेका थिए।उनी दुवै सिजन एमएलएसका उत्कृष्ट ११ खेलाडीको टिममा पर्न सफल रहे।

इटालियन अखबार ला गेजेट्टा डेल्लो स्पोर्टका अनुसार ज्लाटनले सम्झौताहरुमा पनि सहमति जनाईसकेका छन् र आउँदो जनवरीमा उनी सान सिरो आइपुग्नेछन्।

ज्लाटनलाई एसी मिलानले ६ महिनाको प्रस्ताव गरेको छ। भनिन्छ उनलाई यो प्रस्तावमा वर्तमान क्लब एलए ग्यालेक्सी डीलको अन्तिम ६ महिना अर्थात् २०२० को जुन देखि डिसेम्बरसम्म उनलाई मिलानमा एक बर्षको थप एक्सटेन्सन पनि प्राप्त हुनेछ।

साथै इटालियन अखबारको दावीअनुसार यो डीललाई अगाडी बढाउनु अघि ज्लाटनले एसी मिलानका स्र्पोटिङ डाईरेक्टर लियोनार्डो अराहुओको जवाफको पर्खाईमा छन्। स्रोतका अनुसार यो डीलका लागि दुवै पक्ष सकरात्मक छन् र यो डील छिटै पूरा होस् भन्ने चाहन्छन्।

स्पोर्टबाइबलले यसअघि मिलानले ज्लाटनलाई फेरि अनुबन्ध गर्न ठोस प्रक्रिया अगाडी बढाएको रिपोर्ट प्रकाशित गरेको थियो। मिलान न्युजका अनुसार एन्टोनियो बिटीओ र पूर्व बार्सिलोनाका खेलाडी इब्राका एजेन्ट मिनो राइओलाबीच क्लबको हेडक्वार्टरमा करिब ४ घण्टा लामो बैठक चलेको थियो।

भनिन्छ त्यो बैठक ज्लाटन कै स्थानान्तरणलाई लिएर बसेको थियो। स्मरणीय छ कि एसी मिलानका म्यानेजर गेनारो गाट्टुसोले ज्लाटनसँगै चेल्सीका स्पेनीस मिडफिल्डर सेस फेब्रिगासलाई पनि अनुबन्ध गर्न इच्छुक रहेको बताईन्छ।

प्रकाशित मिति: : 2019-11-14 08:11:12

प्रतिकृया दिनुहोस्