आफ्नै प्रेमिकालाई सामूहिक बलात्कार गराउने शैलेसलाई ६२ महिनाको कैद सजाय

फाइल तस्बिर

दुई वर्षअघि राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्षको कैद सजाय सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद पठाउने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने निर्णय गरेको स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

घटनामा संलग्न विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलले अभियुक्तहरूलाई १४ महिनाको कैद सुनाइएको छ।

 यस्तो थियो घटना

भारतको चेन्नाईमा ‘अशोक लेल्यान्ड अटो मोबाइल’ ले ‘एक्सपो’ आयोजना गर्दै थियो। त्यसमा सहभागी हुन घटनाका चारै आरोपी जाँदै थिए। हेटौँडाबाट २०७४ माघ ७ गते दिपक र विकास काठमाडौं आएका थिए। उनीहरूले दरबारमार्र्गस्थित होटल ल्यान्डमार्कका पाँचवटा कोठा बुक गरेका थिए। तीनजनालाई होटलमै बस्न भनेर शैलेस र दिपक मदिरा पिउन लाजिम्पाटको रेस्टुरेन्ट पुगेका थिए । त्यहीँ युवती बलात्कारको योजना बनेको प्रहरीको भनाइ रहेको थियो।

त्यसैमा भाग लिन सबै जम्मा भए। राति बस्न होटलमा कोठा बुक गरेपछि रेस्टुरेन्ट छिरेर मदिरा खाए। रमाइलो गर्ने प्रसंग निस्किएपछि युवती बोलाइयो र होटलमा लगियो। त्यसपछि चारैजनाले पालैपालो बलात्कार गरे। बलात्कृत युवतीले भोलिपल्ट प्रहरीमा जाहेरी दिएपछि ब्वाइफ्रेन्ड भनिएका  शैलेस भने चेन्नाई जान सकेनन्। तीनजना भने एक्सपोमा सहभागी हुन चेन्नाई उडेका थिए ।

पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा आरोपित ४ जनाले आफूलाई बलात्कार गरेको र सोही बेला नग्न तस्बिर तथा भिडिओसमेत खिचेर राखेको भन्दै उजुरी गरेकी थिइन्। पीडित युवतीले आफू कामबाट घर फर्कदै गर्दा आरोपी  शैलेसले फोन गरेर घर पुर्‍याउने शर्तमा बोलाएको बताएकी थिइन्।

त्यसपछि  शैलेसले मदिरा खुवाएर घर जान नदिएर होटल लगि साथीलाईसमेत साथमा लिएर बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्।

बलात्कार घटना मिलापत्रका लागि ३० लाख रुपैयाँको डिल भएको थियो । पैसा लेनदेनमा पीडित र पीडक दुवै पक्ष राजी भए । प्रहरीले आफ्नो हिस्सा खोज्यो । हिस्सा माग्दै अगाडि आए सइ चन्द्र भण्डारी।

दुवै पक्षबीच तीस लाखमध्ये तीन लाख सइ भण्डारीको बैंक खातामा दाखिला गर्ने सहमति भयो र जम्मा गरियो । बाँकी २७ लाख भने पीडित पक्षलाई बुझाइयो। सइ भण्डारी अहिले निलम्बनमा छन्।

प्रकाशित मिति: : 2019-11-13 14:02:04

प्रतिकृया दिनुहोस्