'हसिँया-हथौडा'मय भयो नेपाल बार : अध्यक्षमा चण्डेश्वर, दुई बाहेक सबैमा बाम उम्मेद्वार

नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठ । तस्वीर: बीएल

नेपाल 'हसिँया-हथौडा'मय हुने क्रममा एक पाइला अघि बढेको छ। नेपालकै ठुलो पेशागत संगठन नेपाल बार एशोसियसन पनि वामपन्थीको पक्षमा गएको छ। महासचिव र पाँच नम्बर प्रदेशको उपाध्यक्षबाहेक सबै २३ पदमा वापन्थी प्यानलका उम्मेद्वार विजयी भएका छन्।

कडा प्रतिस्पर्धाबीच भएको चुनावमा अध्यक्षमा वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ विजयी भए। उनले लोकतान्त्रिनक प्‍यानलका सुनिल पोखरेललाई १४९ मते पराजित गरेका हुन्। श्रेष्ठले ४०२२ मत पाए भने पोखरेलले ३८७३ मत।

तर, बार लगभग बामपन्थीमय हुँदा पनि महासचिवमा भने लोकतान्त्रिक प्यानलका लीलामणि पौडेल विजयी भएका छन्।उनले वामपन्थी प्यानलका सुरेन्द्र थापालाई  ४७७ मतले पराजित गरे।पौडेलले ४१७८ भोट ल्याएर भने थापाले ३७०१ मत ।

नेपाल बार एशोसियसनको २५औं कार्य समितिका लागि भएको चुनावमा वापन्थी र लोकतन्त्रवादीका नाममा प्यानल नै बनाएर कानुन ब्यवसायीहरू चुनावमा होमिएका थिए। 

यसअघि अध्यक्ष महासचिवलगायतका अधिकांश पदमा लोकतन्त्रवादीले जितेका थिए। 

प्रकाशित मिति: : 2019-04-04 18:28:58

प्रतिकृया दिनुहोस्