कमल विक
निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय कार्यसमितिका निवर्तमान प्राज्ञिक सल्लाहकार अरुणकुमार शर्माले अहिलेका युवा पुस्ता विदेशमा भाैतारिनुपर्ने अवस्था आउनुमा कहीँ न कहीँ देशकाे शिक्षा प्रणालीकाे पनि दाेष भएकाे बताएका छन।
बिएल सम्वादमा कुराकानीका क्रममा शर्माले देशकाे शिक्षा प्रणालीमा सुधार र परिमार्जन नहुँदा युवा पुस्ताले अहिलेकाे अवस्था भाेग्नु परेकाे बताएका हुन्।
‘युवा राेजगारीकाे लागि विदेश जानुपर्ने, विद्यार्थी गुणस्तरीय शिक्षाकाे खाेजीमा विदेश जानुपर्ने अवस्था एकाएक आएकाे हाेइन’, शर्माले भने, ‘यसमा क्रमिक रुपले हाम्राे नीति, कार्यक्रम, प्रणाली कहीँ न कहीँ जिम्मेवार छन्। शिक्षा क्षेत्रलाई राज्यले जसरी अगाडि बढाउनु पर्थ्याे त्याे हुन नसकेकाे पक्कै हाे।’
यसमा आवश्यकताभन्दा बढी राजनीतिक हस्तक्षेप हुनु, विद्यालय क्षेत्रमा राजनीतिकरण हुनु, विश्वविद्यालयहरुमा आफ्ना मान्छेहरुकाे भर्ती गरिनु, परीक्षा प्रणाली समय सापेक्ष सुधार नहुनु प्रमुख कारण भएकाे उनकाे भनाइ छ। यद्यपि, यसमा निजी क्षेत्रले केही सुधारका कामहरु गरेकाे उनले बताए।
भिडियाे:
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया