सनीराज शाक्य
ठमेलको एक होटलबाट स्रोत नखुलेको ६५ लाख चारसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
ट्याक्सीबाट भक्तपुर जाँदै गर्दा उनीहरूलाई मंगलबार रातको १ बजे भक्तपुरको महेश्वरी पेट्रोल पम्पबाट नियन्त्रणमा लिइएको थियो। सोहीकममा खोजतलास गर्दा उनीहरू साथबाट ६५ लाख रुपैयाँ बरामद भएको थियो।
केही महिनाअघि ‘टुरिस्ट’ भिसामा काठमाडौं आएका उनीहरू ठमेलको होटल नेपाल भुमिमा बस्दै आइरहेका थिए। त्यहीबाट उनीहरूले अवैध रुपमा व्यवसाय गर्दैआइरहेको भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद बिष्टले बताए।
चिनियाँ नागरिकबाट पक्राउ परेको उक्त रकम अहिले राजस्व अनुसन्धान विभाग पठाइएको छ। र, उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया