सनीराज शाक्य
ललितपुर नगरप्रहरी बल प्रमुख सिताराम हाछेथुले कसैलाई पनि बलजफती ‘ट्राफिक स्वयमसेवक’ बनाउन नहुने बताएका छन्।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधान चलाएमा सजायस्वरुप ट्राफिक स्वयमसेवक बन्नुपर्ने नियमप्रति आपत्ति जनाउँदै हाछेथुले कसैलाई बलजफती ट्राफिक स्वयमसेवक बनाउन नहुने बताएका हुन्।
बिएल नेपाली सेवासँग कुराकानी गर्दै हाछेथुले भने, ‘काेही पनि बलजफती स्वयमसेवक बन्नु हुँदैन। स्वयमसेवक भनेकाे आफूलाई मन लागेर गर्ने काम हाे।’
करिब २९ वर्ष उपत्यकामा ट्राफिक प्रहरीकाे रुपमा काम गरेका हाछेथुले लामाे तालिमपछि काम गर्नेलाई त ट्राफिक व्यवस्थापन गर्न गाह्राे हुने उल्लेख गरे। ‘जाे मान्छेले आफैँ गल्ती गरेकाे छ, उसलाई नै त्यहाँ पठाउँदा उसले के सिकाउने?’, उनले प्रश्न गरे।
ट्राफिक नियम उलङ्घनकाे सामान्य गल्तीलाई अपराधीलाई जसरी सजाय दिन खाेजिएकाे उनकाे टिप्पणी रहेकाे छ।
भिडियाे:
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया