बिएल संवाददाता
‘बोर्डिङ स्कुल’भन्दा सरकारी विद्यालय कम छैन भन्ने उदाहरण बनिरहेको छ, र रत्नराज्य माध्यमिक विद्यालय।
अभिभावक र विद्यार्थीहरूकाे नजरमा परेकाे रत्नराज्य नमुना सामुदायिक विद्यालय बन्ने सफल भएकाे छ।
शिशु कक्षादेखि कक्षा १२ सम्मको अध्यापन गरिँदै आएको रत्नराज्यमा विद्यार्थीको चाहना बमोजिम नेपाली र अंग्रेजी दुवै भाषा माध्यममा पठन पाठन गराइन्छ।
विद्यार्थीको चाहनालाई पूरा गर्न सकेमा विद्यार्थीले राम्रो नतिजा ल्याउने प्रधानाध्यापक रामाशिष यादवकाे बुझाइ छ। उनका अनुसार विद्यार्थीहरूकाे उज्वल भविष्य नै विद्यालकाे लक्ष्य हाे।
साेहीअनुसार दक्ष तथा अनुभवी शिक्षक समूह, लगनशील विद्यालय प्रशासन तथा विद्यार्थीको अथक परिश्रमबाट विद्यालयको नतिजा राम्रो कायम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै रत्नराज्य माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको सक्षमतालाई असल सबित गरेको छ।
विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरूमध्ये केही हाल नेपाल सरकारका उच्च पदमा रहेर सेवा गरिरहेका छन् भने कोही सेवा निवृतसमेत भइसकेका छन्।
रत्नराज्यमा पढेका केही विद्यार्थी अमेरिकामा मुटुकाे डाक्टरसमेत भएकाे उनी गर्वका साथ बताउँछन्।
कुनैबेला सुकुलबाट सुरू भएकाे रत्नराज्यमा अहिले कक्षा–११ र १२ विद्यार्थीले रोजेका विषयहरू व्यावस्थापन, मानविकी, शिक्षा र विज्ञान संकायमा
अध्यापन गरिरहेका छन्। त्यसका लागि ‘ल्याब’ कक्ष पनि बनाइएकाे छ।
सामुदायिक विद्यालय वास्तवमा समुदायको प्रतिबिम्ब हो। यसलाई राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा राख्न सकेमा यसले उत्कृष्ट नतिजा दिन सक्छ।
भूतपूर्व विद्यार्थी, राजनीतिक व्यक्ति, समुदायका भद्रभलाद्मीहरुले विद्यालयलाई आर्थिक तथा सामाजिक रुपमा सहयोग पुर्याउँदै आइरहेकाले विद्यालय सबैको रोजाइ बन्न पुगेको प्र.अ. यादवकाे भनाइ छ।
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया