बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार नै आह्वान गरे।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टकाअनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको ३०औँ दिनमा शुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए। लगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए।
कांग्रेस र एमालेबीच भएको भागबण्डाअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ। कांग्रेसमा मुख्यमन्त्रीका लागि पूर्वमुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह, प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले दाबी गरिरहेका छन्।
मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्ट-छुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन्। देउवाले दिने निर्देशन अनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया