बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन्।
शुक्रबार ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्। अल्पमतमा रहेका सोडारीले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिनसक्ने समेत बताइएको छ।
गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
तर, केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो। कांग्रेस र एमालेबीचको सहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ।
५२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ। भने, प्रदेशमा कांग्रेस र एमाले एक ठाउँमा आउँदा दुवैको २८ मतसहित स्पष्ट बहुमत रहेको छ। सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया