बिएल संवाददाता
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्ने निर्णयप्रति नेकपा (माओवादी केन्द्र)निकट बोर्ड सदस्यहरुले असहमति दर्ता गरेका छन्।
उनीहरुले प्रतियोगिता स्थगित गर्ने निर्णय भएलगत्तै ‘प्रतियोगिता तोकिएको समयमा हुनु पर्ने’ मागसहित ‘नोट अफ डिसेन्ट’ जारी गरेका हुन्।
युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीको नाम सम्बोधन गरी जारी गरिएको नोट अफ डिसेन्टमा भनिएको छ,‘...प्रतियोगिता स्थगित (क्यान्सिल) कुराको गम्भीर असहमति छ। २०८२ जेठ ३ देखि १० गतेसम्मै होस् । स्थगितको असहमति (नोट अफ डिसेन्ट) राख्न चाहन्छौं ।’
असहमति दर्ता गर्ने बोर्ड सदस्यहरुमा प्रकाशकुमार कुसारी (सम्राट), अनन्त धमला, अन्जना श्रेष्ठ, डा. मधुसुधन सुवेदी र विना नवादे श्रेष्ठ रहेका छन्।
प्रतियोगिता दोस्रोपटक मिति सारेर आगामी जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरिएको थियो । यद्यपि, शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया