
बिएल संवाददाता
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्ने निर्णयप्रति नेकपा (माओवादी केन्द्र)निकट बोर्ड सदस्यहरुले असहमति दर्ता गरेका छन्।
उनीहरुले प्रतियोगिता स्थगित गर्ने निर्णय भएलगत्तै ‘प्रतियोगिता तोकिएको समयमा हुनु पर्ने’ मागसहित ‘नोट अफ डिसेन्ट’ जारी गरेका हुन्।
युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीको नाम सम्बोधन गरी जारी गरिएको नोट अफ डिसेन्टमा भनिएको छ,‘...प्रतियोगिता स्थगित (क्यान्सिल) कुराको गम्भीर असहमति छ। २०८२ जेठ ३ देखि १० गतेसम्मै होस् । स्थगितको असहमति (नोट अफ डिसेन्ट) राख्न चाहन्छौं ।’
असहमति दर्ता गर्ने बोर्ड सदस्यहरुमा प्रकाशकुमार कुसारी (सम्राट), अनन्त धमला, अन्जना श्रेष्ठ, डा. मधुसुधन सुवेदी र विना नवादे श्रेष्ठ रहेका छन्।
प्रतियोगिता दोस्रोपटक मिति सारेर आगामी जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरिएको थियो । यद्यपि, शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाएका थिए।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया