बिएल संवाददाता
आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो।
अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए। उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए। त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए।
यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे। प्रारम्भिक ४८ रनमै २ विकेट गुमाएपछि अमेरिकालाई संकट देखिएको थियो। तर स्मित पटेल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपूर्ण साझेदारी गरे। यी दुई ब्याट्सम्यान क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो।
तर ३३औं ओभरमा स्मित रनआउट हुनासाथ र ३५औं ओभरमा साइतेजा आउट भएपछि अमेरिका केही दबाबमा परेको थियो। यद्यपि अन्तिम समयमा मिलिन्द कुमारको आक्रामक ब्याटिङका कारण अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन थप्दै स्कोर प्रतिस्पर्धात्मक बनाएको थियो।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट हात पार्न सफल भए। अब नेपालले लक्ष्य पछ्याउँदै जितका लागि मैदानमा उत्रनेछ।
नेपाल अंकतालिकाको ७ औं स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया