बिएल संवाददाता
नेपाल र वेस्ट इन्डिजबीचको आज टी–२० सिरिजको पहिलो खेल हुँदैछ। क्रिकेट मैदानमा वेस्ट इन्डिजसँग यो पहिलो भेट पनि हो।
शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे सुरु हुने तय भएको छ।
वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन्। नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन्।
वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ। ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदैछ।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया