बिएल संवाददाता
फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबिचको खेल बराबरीमा सकिएको छ।
आइतबार दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरीमा रोकिएपछि अंक बाड्न बाध्य भएका हुन्। पहिलो हाफमा २-२ गोल गरेका दुवै टोलीले दोस्रो हाफमा कुनै पनि गोल गर्न सकेनन्।
खेलको छैटौँ मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो। म्यानमारकी म्याट नोए खिनले पहिलो गोल गरेकी थिइन्। लगत्तै ११ औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा बनाइन्।
खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्लेले गोल थप्दै टोलीलाई अग्रता दिलाइन्। तर, खेलको ४१औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल खेल बराबरीको स्थितिमा पुर्याइन्।
दोस्रो हाफमा भने दुवै टोली गोलरहित बने।
खेलपछि दुवै टोलीको समान ७-७ अंक भएको छ। तर, गोल अन्तरका आधारमा म्यान्मार अंक तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।
प्रतियोगिताको फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया