बिएल संवाददाता
फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबिचको खेल बराबरीमा सकिएको छ।
आइतबार दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरीमा रोकिएपछि अंक बाड्न बाध्य भएका हुन्। पहिलो हाफमा २-२ गोल गरेका दुवै टोलीले दोस्रो हाफमा कुनै पनि गोल गर्न सकेनन्।
खेलको छैटौँ मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो। म्यानमारकी म्याट नोए खिनले पहिलो गोल गरेकी थिइन्। लगत्तै ११ औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा बनाइन्।
खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्लेले गोल थप्दै टोलीलाई अग्रता दिलाइन्। तर, खेलको ४१औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल खेल बराबरीको स्थितिमा पुर्याइन्।
दोस्रो हाफमा भने दुवै टोली गोलरहित बने।
खेलपछि दुवै टोलीको समान ७-७ अंक भएको छ। तर, गोल अन्तरका आधारमा म्यान्मार अंक तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।
प्रतियोगिताको फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया