बिएल संवाददाता
यूएईमा प्रथम रोयल गोर्खा जीसीडी कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। दुबईस्थित डल्सको क्याम्पको फुटबल ग्राउण्डमा आयोजना गरिएको प्रतियोगितामा नखिल गोर्खा एफसी विजेता बनेको थियो।
न्यू ब्याइज एफसी प्रतियोगिताको उपविजेता बनेको थियो। प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ८ हजार १ यूएई दिराम र ४ हजार १ दिराम पुरस्कार पाए।
मेची-महाकालीले फेयर प्ले अवार्ड पाएको थियो।
दुई चरणमा सम्पन्न प्रतियोगिताको उद्घाटनमा जीसीडीका अध्यक्ष रमेश श्रेष्ठका सुपुत्र रुजल श्रेष्ठको सभापतित्व रहेको थियो। त्यस्तै नेपाली दूतावासका लेबर काउन्सिलर दिपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा थियो।
समापन समारोहमा जीसीडीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ मध्यपूर्व उपसंयोजक रमेश श्रेष्ठको सभापतित्व रहेको थियो। भने प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता पूर्वअर्थमन्त्री प्रकाशशरण महत थिए।
उक्त प्रतियोगिता यूएईको सर्वाधिक धनराशिको प्रतियोगिता भएको आयोजकले जनाएको छ।
अर्को वर्ष पनि दोस्रो कप आयोजना गर्ने र पुरस्कार राशि दोब्बर बनाउने आयोजकले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया