बिएल संवाददाता
यूएईमा प्रथम रोयल गोर्खा जीसीडी कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। दुबईस्थित डल्सको क्याम्पको फुटबल ग्राउण्डमा आयोजना गरिएको प्रतियोगितामा नखिल गोर्खा एफसी विजेता बनेको थियो।
न्यू ब्याइज एफसी प्रतियोगिताको उपविजेता बनेको थियो। प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ८ हजार १ यूएई दिराम र ४ हजार १ दिराम पुरस्कार पाए।
मेची-महाकालीले फेयर प्ले अवार्ड पाएको थियो।
दुई चरणमा सम्पन्न प्रतियोगिताको उद्घाटनमा जीसीडीका अध्यक्ष रमेश श्रेष्ठका सुपुत्र रुजल श्रेष्ठको सभापतित्व रहेको थियो। त्यस्तै नेपाली दूतावासका लेबर काउन्सिलर दिपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा थियो।
समापन समारोहमा जीसीडीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ मध्यपूर्व उपसंयोजक रमेश श्रेष्ठको सभापतित्व रहेको थियो। भने प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता पूर्वअर्थमन्त्री प्रकाशशरण महत थिए।
उक्त प्रतियोगिता यूएईको सर्वाधिक धनराशिको प्रतियोगिता भएको आयोजकले जनाएको छ।
अर्को वर्ष पनि दोस्रो कप आयोजना गर्ने र पुरस्कार राशि दोब्बर बनाउने आयोजकले जनाएको छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया