 
                                            
                                        
                                     
                                सनीराज शाक्य
 
                                नेपाली खेलकुद क्षेत्रका उदयमान धावक राजन चौधरी आउदो दसौं एपोलो ट्रेस न्यु देल्ली म्याराथनमा आफ्नो कौशल प्रस्तुत गर्दैछन्।
यहि फेब्रुअरी २३ (फाल्गुन ११ गते) आयोजना हुन लागेको यो प्रतिष्ठित म्याराथनमा उनले आफ्नो उपस्थिति जनाउने पक्का भएको हो।
राजन चौधरीले आफ्नो उत्कृष्ट दौड क्षमताबाट गत १६ औँ काठमाडौँ म्याराथनमा समग्रमा दोस्रो स्थान हासिल गरेका थिए। नेपाली प्रतिनिधित्वको रुपमा उनले २:३९:०० समयमा दौड सम्पन्न गर्दै प्रथम स्थान हात पारेका थिए, जसले उनको खेलकुद यात्रालाई थप प्रेरणादायी बनाएको छ।
काठमाडौँ म्याराथनको आयोजक एन.आर.एस स्पोर्ट्स फाउन्डेशनले राजन चौधरीलाई प्रोत्साहनार्थ दिल्ली म्याराथनमा सहभागी जनाउन दर्ता तथा सम्पुर्ण व्यवस्थापन मिलाएको जानकारी गराउदछौँ।
यस अभियानको व्यवस्थापनका लागि दिल्लीमा बस्दै आउनुभएका श्री मनिष श्रेष्ठको विशेष सहयोग रहेको छ, जसले राजनको म्याराथन यात्रालाई सहज र सशक्त बनाउनेछन्।
आज, एन.आर.एस स्पोर्ट्स फाउन्डेशनका अध्यक्ष तथा काठमाडौँ म्याराथनका मुख्य आयोजक श्री निलेन्द्र राज श्रेष्ठले राजनलाई सफलताको शुभकामना दिँदै विशेष कार्यक्रममार्फत विदाई गरेका छन्।
राजनको अनुहारमा आत्मविश्वास र उत्साह झल्किन्छ नेपाली खेलकुद प्रेमीहरुसमेत उनको यो महत्वपूर्ण यात्रामा सफलताको प्रार्थना गर्दैछन्। अब राजनको दौड, उनको आत्मबल, र नेपाली खेलकुदको गौरव सबैको नजरमा हुनेछ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया