बिएल संवाददाता
त्रिकोणात्मक महिला टी-२० सिरिजअन्तर्गत बुधबारको खेलमा नेपाल नेदरल्यान्डससँग १० विकेटले पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा बिना विकेट क्षतिमा पूरा गर्यो।
नेदरल्यान्डसका लागि ओपनरद्वय स्टेर्र लरेन कालिस र फेबे मोल्केन्बोरले क्रमशः ९८ र ४८ रनको अविजित पारी खेले।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यो त्रिवि क्रिकेट मैदानमा नेपाली महिला टिमले बनाएको हालसम्मकै उच्च स्कोर हो।
नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा ३९ रन बनाउँदा रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन्।
बलिङमा नेदरल्यान्डसकी आइरिस ज्विलिङले २ विकेट लिइन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया