बिएल संवाददाता
त्रिकोणात्मक महिला टी-२० सिरिजअन्तर्गत बुधबारको खेलमा नेपालले नेदरल्यान्डसलाई १४६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा ३९ रन बनाउँदा रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन्।
बलिङमा नेदरल्यान्डसकी आइरिस ज्विलिङले २ विकेट लिइन्।
अहिले नेदरल्यान्डस जवाफी ब्याटिङमा उत्रेको छ। ताजा अवस्थामा पावर प्लेको समाप्तिमा बिना विकेट क्षतिमा ४३ रन बनाएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया