
बिएल संवाददाता
गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३-१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो।
पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो। पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गण्डकीलाई सुम्पिएको थियो।
दोस्रो सेटमा १२-१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५-२१ को जित निकालेको थियो। चौथो सेट २५-२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल भयो।
उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो। फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।
यसअघि भएको महिलातर्फको फाइनलमा शसस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलोपटक उपाधि जितेको थियो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया