बिएल संवाददाता
महिला त्रिकोणात्मक टी-२० आई सिरिजको आज(शनिबार) भएको खेलमा थाइल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ।
नेपालले दिएको एकसय २ रनको लक्ष्य थाइल्लाण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
थाइल्याण्डका लागि नन्नपत कोन्छारेन्काइले सर्वाधिक ६० रन बनाइन। उनले १५ ओभर ४ बलमा ४६ रन बनाएको अवस्थामा क्याच आउट हुनबाट जीवनदान पाएकी थिइन्। रुबिना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच मिस गरिन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।
यो दुवै टोलीको दोस्रो खेल थियो। नेपाल लगातार पराजित हुँदा थाइल्याण्डले लगातार जित निकाल्न सफल भएको छ।
पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्याण्डले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।
नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टी-२० आई खेलमा नेपाल सबैमा पराजित भएको थियो। थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलोपटक खेलेको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया