
बिएल संवाददाता
महिला त्रिकोणात्मक टी-२० आई सिरिजको आज(शनिबार) भएको खेलमा थाइल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ।
नेपालले दिएको एकसय २ रनको लक्ष्य थाइल्लाण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
थाइल्याण्डका लागि नन्नपत कोन्छारेन्काइले सर्वाधिक ६० रन बनाइन। उनले १५ ओभर ४ बलमा ४६ रन बनाएको अवस्थामा क्याच आउट हुनबाट जीवनदान पाएकी थिइन्। रुबिना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच मिस गरिन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।
यो दुवै टोलीको दोस्रो खेल थियो। नेपाल लगातार पराजित हुँदा थाइल्याण्डले लगातार जित निकाल्न सफल भएको छ।
पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्याण्डले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।
नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टी-२० आई खेलमा नेपाल सबैमा पराजित भएको थियो। थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलोपटक खेलेको हो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया