बिएल संवाददाता
रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा रेडबुल साल्जबर्गलाई ५-१ ले हराएको छ।
प्रतियोगिताको सुरुवातका ६ खेलमा तीन हार तथा तीन जितको सामना गरेको रियलले सातौँ खेलमा उत्कृष्ट लय देखाएको हो।
गएराति भएको खेलमा रियलका लागि पहिलो हाफमा नै रोड्रिगोले २ तथा केलिएन एम्बाप्पेले १ गोल गरेका थिए। दोस्रो हाफमा भिन्सियस जुनियरले थप दुई गोल गरे।
यो जितसँगै रियलले कमसेकम प्ले अफ स्थान पक्का गरेको छ। रियल १२ अङ्कसहित १६ औँ स्थानमा छ। ८ औँ स्थानमा रहेको वायर लिभरकुसेनको १३ अङ्क छ। आठौँदेखि १८ औ स्थानमा रहेका टोलीको बिचको अन्तर एक अङ्क मात्र छ। रियलले अर्को साता ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया