बिएल संवाददाता
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको दोस्रो चरण यात्रा कठिन बन्दै गएको छ। गएराति भएको खेलमा दुई गोलको अग्रतालाई जोगाउन नसकेपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीको युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेशको सम्भावना कठिन बनेको हो।
बुधबार राति पिएसजीसँगको खेलमा ४-२ ले पराजित भएको हो। ८ अङ्कसहित २५ औँ स्थानमा रहेको सिटीले प्ले अफमा छनोट हुनका लागि अर्को साता ब्रुगसँग हुने खेलमा अनिवार्य जित निकाल्नुपर्छ।
ज्याक ग्रेलिस र एर्लिङ हलान्डले गोल गर्दै सिटीलाई दोस्रो हाफको आठौँ मिनेटमा दुई गोलको अग्रता दिलाएका थिए। वैकल्पिक खेलाडी ओसमाने डेम्बेले र ब्राडली बार्कोलाले पिएसजीका लागि तुरुन्त गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो।
भिन्टिन्हाको फ्रिकिकमा जाओ नेभिसले हेड मार्फत गोल गरेपछि खेलको ७८ औँ मिनेटमा म्यानचेस्टरले अग्रता लिएको थियो। गोन्कालो रामोसले इन्जुरी समयमा पिसजीका लागि अन्तिम गोल गरे।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया