बिएल संवाददाता
मलेसियामा जारी आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित भएको छ।
नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गर्यो। जितको मुखमा पुगिसकेको नेपालले अन्तिम समयमा सम्हालिन नसक्दा खेल गुमायो।
स्कटल्याण्डका लागि पिपा स्प्रोलले सर्वाधिक ३५ रन बनाउँदै टिमलाई जिततर्फ डोहोर्याइन्। त्यस्तै ग्याब्रियला फन्टेलाले १० रन बनाइन्
बलिङमा नेपालका रचना चौधरी र सिमना केसीले समान २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनाउँन सक्यो। नेपालका लागि पूजा महतोले २७ र सावित्रा धामीले १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा स्कटल्याण्डका लागि मैसी म्याकेरिया एक्लैले ५ विकेट लिइन्।
हारसँगै नेपालको सुपर सिक्समा पुग्ने अवसर पनि गुमेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया